• Thursday 29th of October 2026

ईभी चार्जिङ स्टेसनलाई कुलमानले दिएको सुविधा हितेन्द्र देव शाक्यले रोके


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ईभी चार्जिङ स्टेसनलाई दिँदै आएको विशेष सुविधा हाललाई रोकेको छ।

२०७७ मा कुलमान घिसिङको नेतृत्वमा सुरु गरिएको यो योजनाअनुसार १ किमीसम्म निःशुल्क लाइन विस्तार, २०० केभीसम्म ट्रान्सफर्मर जडान, र हाइटेन्सन लाइन सुविधा दिइएको थियो।

यसले देशभर २०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना गर्न मद्दत गरेको थियो तर हाल ट्रान्सफर्मरको अभाव र बढ्दो मागका कारण देखाउँदै हितेन्द्र देव शाक्य नेतृत्वको विद्युत प्राधिकरणले यो सुविधा रोक्का गरिदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖