• Thursday 29th of October 2026

यसरी फेरि चिप्ल्याए ओलीले देउवालाई


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले हुकुम चाल्दा कांग्रेस सभापति शेरबहादुर देउवाको एक्का ढुस भएको छ ।

बालुबाटारमा गुणाकर भट्टको नाममा सहमति गरेर बाहिरिएका देउवालाई ओलीले का. मु गनर्भर निलम ढुंगानालाई उचालेर नयाँ खेले खेलेपछि विषय पेचिलो बनेको छ । तासको कलब्रेक खेलमा हुकुमको सानो तासले अरु ठूलो तासको एक्कालाई पनि मारिदिन्छ । त्यसैगरी गभर्नर बन्ने पक्का भएका भट्टको ढुंगानाले राजीनामा अस्वीकृत गर्दै सर्वोच्च अदालतमा मुद्धासमेत हाल्न लगाएपछि नियुक्ती रोकिएको छ ।

बुधबार सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भएको भागबण्डामा नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने सहमति भैसकेको समाचार माहिरिएको थियो ।

गभर्नर आफ्नो भागमा परेपछि सभापति देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई बिहिबार बिहान निजी निबासमै बोलाएर अर्थतन्त्रको बारेमा ब्रिफिङ लिएका थिए । केही समय ब्रिफिङ लिएपछि ‘अर्थतन्त्रको अवस्था खासै राम्रो छैन, कांग्रेसले तपाईंलाई गभर्नर बनाउँदैछ, राम्रो काम गरेर अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने जिम्मा तपाईंको’ भनेका थिए । तर त्यसको भोलिपल्टै देउवा र गुणाकरको चाहनामाथि एमाले निकट मानिएकी नेपाल राष्ट्र बैंककी का. मु गभर्नर ढुंगानाले कुठाराघात गरेकी छिन्।

कांग्रेसका भागमा गभर्नर परेको समाचारहरु बाहिरिएपछि संस्थापनइतरका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राम्रो मान्छेलाई गभर्नर बनाउन सार्वजनिक अभिव्यक्ति दिँदै दबाब बढाएका थिए ।

गभर्नरमा बिचौलियाको चलखेल भएको भन्दै राष्ट्र बैंकको अनुभव भएको, अर्थशास्त्रको ज्ञान भएको र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई गभर्नर बनाउनुपर्ने निरन्तर दबाब बढाएका थिए । माओवादी अध्यक्ष प्रचण्डले समेत छिटो र राम्रो मान्छेलाई गभर्नर नियुक्ति गर्न दबाब बढाइरहेका थिए । यस्तो अवस्थामा सभापति देउवाले भट्ट बाहेक अरुको नाम सोच्नै सकेनन् । किनभने भट्ट यी सबै गुण भएका व्यक्ति हुन् । त्यसैले गुणाकरलाई बनाउँदा विवाद नहुने भएपछि देउवाले दायाँबायाँ केही नसोची उनलाई अघि बढाएका हुन् ।

कांग्रेसबाट पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे, बहालवाला कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेका नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगना गभर्नरका लागि आकांक्षी थिए । अरुको नाममा विवाद देखिने भएपछि देउवाले भट्टलाई अघि सारेका थिए ।

देउवाले तपाईंलाई गभर्नर बनाउँदैछौं भनेपछि शुक्रबार कार्यालय खुल्नेबित्तिकै डा भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖