• Thursday 29th of October 2026

राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शनको समय सारियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्न लागेको छ। पार्टी बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेको हो।

राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भोलिको राप्रपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै बिहानका लागि सारिएको बताए । विगतमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गर्दै आएका थिए। जसले गर्दा प्रहरी प्रशासन समेत सचेत हुँदै आएको छ।

भोलिको राजावादीको आन्दोलनमा घुसपैठ भएर हिंसात्मक भएको खण्डमा आफूहरूको आन्दोलनमा असर पर्ने भन्दै महासंघले समय सारेको हो। महासंघले आवश्यक परेको खण्डमा भोलिको आन्दोलन अझै छाेट्याउन सकिने मनसाय बनाएको छ।

´उनीहरूको (राजावादी) आन्दोलन हिंसात्मक भएर हाम्रो प्रदर्शन घुसपैठ भयो भने अहिलेसम्मका उपलब्धि समेत गुम्न सक्ने खतरा हुन्छ। त्यसैले आवश्यक परेको खण्डमा प्रदर्शन अझै छाेट्याउन सकिन्छ,` महासचिव थापाले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖