• Thursday 29th of October 2026

ताप्लेजुङका डीएसपीलाई योगेशले फोन गरेर यसो भनेपछि…


  • धनकुटा खबर
  • .

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावललाई धन्यवाद दिएका छन् ।

शुक्रबार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-६ को लेलेपमा भएको घटनामा सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै उनले डीएसपी रावललाई फोन गरेर धन्यवाद दिएका हुन् ।

शुक्रबार कञ्चनजंघा हीरक महोत्सवको उद्‍घाटनका क्रममा हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका भट्टराईलाई नो केबलकार समूहले आक्रमणको प्रयास गरेका थिए।

नो केबलकार पक्षधरहरूले योगेश भट्टराई मुर्दावाद भन्दै शौचालयमा भट्टराईलाई आक्रमण गर्न अगाडि बढेका थिए ।

नो केबलकार समूहले नेता भट्टराईलाई आक्रमण गर्न लागेपछि ड्युटीमा रहेका दुईजना महिला प्रहरीले शौचालयको बाहिरबाट चुकुल लगाएर भट्टराईलाई सुरक्षा दिएका थिए ।

त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शौचालय पुगेर भट्टराईलाई बाहिर निकालेर सकुशल हेलिकोप्टर चढाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖