• Thursday 29th of October 2026

राप्रपाले भन्यो : सरकारले संयमता गुमाए हामी गिरफ्तारी दिन तयार छौँ


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (आइतबार) काठमाडौंमा प्रदर्शन गर्दै छ।

गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित बिजुलीबजारबाट प्रदर्शन गर्ने भएको हो।

आज मध्यान्ह १२ बजेदेखि काठमाडौंका तीन स्थानबाट र्‍याली निकालिने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनले र्‍याली बिजुलीबजारमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने बताए।

प्रवक्ता श्रेष्ठले राप्रपाको आजको प्रदर्शन शान्तिपूर्ण हुने र सरकार अराजक भए आफूहरूले गिरफ्तारी दिने जिकिर गरे। उनले भने, ‘गत चैत १५ गते सरकार अराजक भएका कारण हिंसात्मक प्रदर्शन हुन पुग्यो। आजको हाम्रो शान्तिपूर्ण प्रदर्शन हो। यदि आज सरकारले संयमता गुमाए हामीले गिरफ्तारी दिने छौँ।’

यस्तै प्रवक्ता श्रेष्ठले अराजकता मच्चाउने उद्देश्य आजको प्रदर्शनको नभएको भन्दै सरकारलाई संयमता नगुमाउन आग्रह समेत गरेका छन्।

यसअघि राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो भने गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन चेतावनी जारी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖