• Thursday 29th of October 2026

आज्ञाकारी प्रदर्शनकारी : पूर्वराजाले भनेपछि प्रहरीलाई फूल


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीहरूले प्रहरीलाई फूल दिएका छन्।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका प्रमुख नेताहरूलाई घर नै बोलाएर संवाद गरेका थिए। त्यस क्रममा उनले प्रहरीलाई ढुङ्गा नभई फूल दिनुपर्ने बताएका थिए।

यसपछि आइतबार (आज) को प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरीलाई फूल दिएका हुन्। फूल दिने क्रममा उनीहरूले ‘प्रहरी हाम्रो साथी’ भनेका छन्।

यसअघि २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि हानथाप भएको थियो। उक्त घटनाको व्याख्या गर्दै पूर्वराजा शाहले उनीहरूमाथि त्यसरी ढुङ्गामुढा गर्नु वाञ्छित नहुने बताएका थिए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖