• Thursday 29th of October 2026

मुकुल ढकालले रबिलाई टोले गुण्डा भनेपछि…


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डा भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै रवि लामिछाने अब जेल आउने-जाने गरिरहने ‘पटके’ भइसकेको बताएका छन् ।

लेखेका छन् –

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ । तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ । रवि दाइ पनि “पटके” भइसके ।

रवि दाइको यो “पटके” अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन् । रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै । यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन् । अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उहि अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन् ।

तीतो लाग्यो कुरा ? सत्य यहि हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖