• Thursday 29th of October 2026

मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं : सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्च स्तरीय सुशासन आयोग १५ सदस्यीय हुनेछ। आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहनेछन्।-अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖