• Thursday 29th of October 2026

विद्याले छाडिन् मन्त्री क्वार्टर


  • धनकुटा खबर
  • .

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।

सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन् ।

‘उहाँ आफ्नै चाबहिल घरमा आराम गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बालुवाटरमा सहयोगीको गाडीमा आउनु भएको थियो ।’ मन्त्री भट्टराईले सरकारी गाडी क्वार्टरमै छोडेर गएकी छिन् ।

स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन् । गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖