काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीलाई तीन दिनदेखि निन्द्रा लाग्न छोडेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सपरिवार थाइल्याण्ड पुगेपछि सरकार ढल्ने डरले बेचैनी हुँदा निन्द्रा नपरेको हो । देउवाको थाइल्याण्ड भ्रमण स्वास्थ्य उपचारका लागि भनिएको भएपनि छिमकी देशका राजनीतिक नेताहरुसँग भेटवार्ता हुनसक्ने आशंकाले उनलाई छटपटी भएको छ ।
प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार यस वर्षभित्र ढल्ने दाबी गरेका थिए । उनले दाबी गरेजस्तै सत्तारुढ कांग्रेस एमालेभित्र पनि तिक्तता बढेको नेताहरुका अभिव्यक्तिबाटै सहजै बुझ्न सकिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलीय सहजै प्रवेश गर्ने गरेको गम्भीर आरोप लगाएका थिए । उनले सरकारको गति सन्तोषजनक नभएको बारम्बार बताउँदै आएका छन् ।
दुई ठूला दलबीच सत्ता सहकार्य भएको करिब ९ महिनाको अवधिम दरार उत्पन्न हुने आरोप प्रत्यारोप चल्न थालेपछि ओली सरकार संकटमा परेको आँकलन गरिएको छ । अहिले चौतर्फी सरकार विरुद्ध घेराबन्दी समेत भएको छ ।
राजावादीदेखि विभिन्न पेशाकर्मी सरकार विरुद्ध आन्दोलित भएका छन् । ओली सरकारका लागि आन्तरिक पक्ष निकै प्रतिकूल देखिन्छ भने बाह्य पक्ष पनि अनुकूल नभएको भूराजनीतिका जानकारहरु बताउँछन् ।
सरकार बनेको यति लामाृे समय बित्दा पनि छिमेकी मुलुक भारतले भ्रमणको निम्तो दिएको छैन । भारत भ्रमणका लागि गरिएका अनेक प्रयत्न ब्यर्थ सावित भएका छन् ।
यही परिवेशमा देउवा परिवारसहित बैंकक लागेपछि ओली नयाँ समीकरण बनाएर आफूलाई विस्थापित गर्ने हुन् कि भनेर भयभीत भएको स्रोतले जनाएको छ ।
