कुलमान घिसिङलाई हटाउन नहुने बिषयमा बोल्दा उर्जामन्त्री खड्काको बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्।
‘केहीबेर अघि प्रधानमन्त्रीले हटाउनुहुने भयो राजीनामा दिनु भनेर गृहमन्त्रीले फोन गर्नु भएको थियो। मैले दिन्न भनेँ।’ उर्जामन्त्री दीपक खड्कासँग तालमेल नमिलेपछि तामाङलाई नेपाली कांग्रेसले पनि राजीनामा दिन दबाब दिँदै आएको थियो ।
कांग्रेसकै दवावमा प्रधानमन्त्री ओलीले तामाङ्गलाई बर्खास्त गरेको निकट श्रोतले बताएको छ । गतवर्षको साउन १८ गते राज्यमन्त्री नियुक्त भएका तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
