• Thursday 29th of October 2026

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कन सर्बोच्चको अन्तरिम आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं– आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो।

आदेश प्राप्त भएको मितिले तीन दिनभित्र विद्यालय फर्किन आदेश भएको जानकारी दिँदै सर्वोच्चका प्रवक्ता अचयुत कुइँकेलले भोली आन्दोलित शिक्षकलाई पठाइने बताए।

यस हिसाबले आन्दोलनमा पसेको सर्वोच्चले शिक्षकलाई आइतबारसम्म विद्यालय फर्किन भनेको हो।

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖