• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भएको सैन्य कारबाहीबारे जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो।’

कर्नेल कुरेशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरणहरूलाई क्षति पुर्‍याएको छ। बिहान १:४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको क्षेप्यास्त्र प्रहार गरिएको उनले बताइन् । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको कर्नेल कुरेशीको दाबी छ।

भारत र पाकिस्तानबिच जारी तनावका बिच, लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाकी विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरे।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’ भारतको यो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖