• Monday 5th of October 2026

श्रीलंकालाई हराउदै नेपाल साफ यू- १९ च्याम्पियनसिपको सेमिफाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं -साफ यू- १९ च्याम्पियनसिप २०२५ मा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा रहेको गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई ५-०‌ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालका लागि पहिलो हाफमा सुजन डंगोल, धर्मेन्द्र कुँवर, सुभाष बम, विज्ञान खड्का र लक्ष्य थापाले एक एक गोल गरेका थिए । यसअघि श्रीलंका भारतसँग ८-० ले पराजित भएको थियो ।

यो हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । नेपालले एक खेल अगावै समूह बीबाट सेमिफाइनलमा पुगेको छ । नेपालले १३ मे मा भारतसँग खेल्नेछ यो खेलले समूह विजेता को बन्ने भन्ने टुङ्गो लगाउनेछ । समूह बी बाट नेपाल र भारतले सेमिफाइनल खेल्ने पक्का भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖