• Monday 5th of October 2026

मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ जेठ । इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३–३ गोलको बराबरी खेलेको हो ।

इन्टर मियामीलाई लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गर्दै बराबरी गरेका थिए । यसअघि इन्टर मियामीका लागि पहिलो गोल टाडेओ एलेनडेले गरेका थिए ।

त्यस्तै फिलाडेलफियाका लागि टाई बारिबोले २ तथा क्यून सुलीभानले एक गोल गरेका थिए ।

यो बराबरीपछि फिलाडेलफियाको इस्टर्न कन्फेरेन्समा १५ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा छ । त्यसैगरी इन्टर मियामीको १४ खेलमा २३ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖