• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठको खोजीमा काठमाडौँका विभिन्न प्रहरी युनिटहरू जुटेको छ । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ । डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको बस्नेतले जानकारी दिए ।

उनको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ बस्नेतले भने ।

गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपमा बस्दै आएका थिए । श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरूसँग माफी मागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖