• Monday 5th of October 2026

त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पाँचौ विकेट


  • धनकुटा खबर
  • .

स्कटल्याण्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालविरुद्ध नेदरल्यान्ड्सले पाँचौ विकेट गुमाएको छ ।

इनिङ्सको १२औं ओभरमा नन्दन यादवले बिक्रमजित सिंहलाई ३० रनमा लोकेश बमबाट क्याच आउट गराएका हुन् । १३औं ओभरमा सन्दीप लामिछानेले नोह क्रोएस ३ रनमा नन्दन यावदद्वारा क्याच आउट गराए । ३ ओभरमा उनले मात्र १४ रन दिएर ३ विकेट लिएका छन् ।

सातौं ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै मात्र ३ रन दिएर दुई विकेट लिएका थिए । ओपनर मिचेल लेभिटलाई २० रनमा बोल्ड आउट गराएका उनले क्याप्टेन स्कट एडवार्डट्सलाई एक रनमा रुपेश सिंहबाट क्याच आउट गराए ।

विष्फोटक सुरुवात गरेको डच टोलीले १३ ओभरको समाप्तिमा ९३ रन जोड्दा ५ विकेट गुमाएको छ ।

चौथो ओभरमा म्याक्स ओडाउटलाई १९ रनमा ललित राजवंशीले करण केसीको हातबाट क्याच आउट गराए ।

नेपाली टिममा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖