काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
