• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

२८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव


  • धनकुटा खबर
  • .

उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वविन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।

अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको उनले जानकारी दिए । मञ्जुको शव आज बिहान अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा आँपको रुखमा रविनको शव झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

दुवै जना छिमेकी हुन् । दुवै प्रेममा रहेको बुझिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले बताएका छन् । ‘उनीहरू माया प्रेममा रहेको अनुसन्धानबाट खुलेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘किशोरीको घाँटीमा चिथरेको जस्तो निलडाम देखिएको छ । मायाप्रेममा खटपट भएपछि हत्यापछि आत्महत्या हो किजस्तो देखिन्छ । ’ घटनाबारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर राईले बताए ।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमाटमाका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖