काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा झरेको छ ।
