• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किशोरीले गरे युवकमाथि चक्कु प्रहार


  • धनकुटा खबर
  • .

सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेको छ। किशोरीको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ घरभई वडा नम्वर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका हुन् ।

युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहारगरी भाग्ने क्रममा घाइते भएका किशोरीको स्थानीय लाईफ लङ्ग अस्पतालमा उपचार पछि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ ।

स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि किशोरी युवकको कोठामा पुग्ने गरेको बताइन्छ । आज पनि किशोरी कोठामा पुगेको केही बेरपछि छुरा प्रहारको घटना भएको थियो ।

किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनले बचाउको लागि छुरा प्रहार गरेको भनेपनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । किशोरीले युवकको डेरामा रहेको चरकारी काट्ने चक्कु प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले घटना भएको बताएपनि विरणहरु आउन बाँक रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖