• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बाढीले बस बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


  • धनकुटा खबर
  • .

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ।

३८ यात्रु बोकेर पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

नवलपुरका सूचना अधिकारी एवं डीएसपी मधु नेपालले बसका सबै यात्रुको भने सकुशल उद्धार गरिएको बताए।

बाढीले बगाएको बस आज बिहान मात्रै करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

उक्त खोलामाथिको डाइभर्सन पटक/पटक बाढीले बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ। डाइभर्नस बगेसँगै यतिबेला पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖