काठमाडौं : भारतीय टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्ध विच्छेद भएको थियो। नताशा स्टान्कोभिकसँगको उनको सम्बन्ध टुटेको हो।
पाण्ड्या यसबाट निराश थिए भने भारतले टी–२० विश्वकप जितपछि उनले यो कुरा स्वीकार पनि गरे। पाण्ड्या नयाँ सम्बन्धतर्फ अघि बढिरहेको र आफ्नो पीडा बिर्सिरहेको बताइएको थियो। तर फेरि एक पटक उनको मन टुटेको छ।
केही महिनापछि पाण्ड्याको सम्बन्ध टुटेको छ। पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो। दुवैलाई केही पटक सँगै देखाइएको थियो। पाण्ड्याको मन निको भएको र उनले फेरि माया गर्न थालेको खबर आएको थियो।
पाण्ड्या र जस्मिन वालियाले सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे। मिडिया रिपोर्टमा दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ। त्यसैले उनीहरूको ब्रेकअपको खबर आइरहेको छ। तर ब्रेकअपबारे दुवै पक्षबाट कुनै बयान आएको छैन।
वालियालाई केही पटक मुम्बई इन्डियन्स टोलीसँग देखिएको थियो र उनी पाण्ड्यासँगै देखिएकी थिइन्। यही कारणले गर्दा दुईबीचको निकटतालाई ध्यानमा राख्दै अफेयरको चर्चा भएको थियो। तर अब समाप्त भएको छ।
