• Monday 5th of October 2026

क्रिकेटर ललित राजवंशीलाई मातृ शोक


  • धनकुटा खबर
  • .

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् ।

उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छिरछिमेक भेला भएको परिवारजनले जानकारी दिएको छ ।

मृतकको आजै अन्तिम दाहसंस्कार गर्ने तयारीमा रहेको जानकारी दिइएको छ । मृतक आमा शुभोका तीन छोरा र एक छोरी छन् । जसमा ललित राजबंशी कान्छा हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖