• Monday 5th of October 2026

रोहित र विराटको एकदिवसीय क्रिकेटबाट सन्यासको चर्चा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रोहित शर्मा र विराट कोहलीले टी–ट्वान्टी विश्वकप २०२४ पछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यस्तै, यी दुई खेलाडीले इङ्गल्यान्ड भ्रमणअघि टेस्ट क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका थिए ।

उक्त सन्यास घोषणासँगै दुवै खेलाडीले अब केवल एक दिवसीय क्रिकेट मात्र खेल्ने बताएका थिए । पछिल्लो समय रोहित–विराट अब २०२५ मा नै एक दिवसीय क्रिकेटबाट सन्यास दिने चर्चा चलेको छ ।

भारतीय टोलीले अक्टोबर १९ देखि अस्ट्रेलियासँग एक दिवसीय सिरिज खेल्दैछ । उक्त सिरिज पछि नै दुवै खेलाडीले सन्यास लिग बताइएको छ । भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।

बीसीसीआईको एक दिवसीय विश्वकप २०२७ को योजनामा दुवै खेलाडी छैनन् । रोहित र विराटले यसै महिना हुने भनिएको बंगलादेशविरुद्धको तीन एक दिवसीय खेलको सिरिजबाट पुनरागमन गर्ने तालिका रहेको थियो । तर, भ्रमण रद्द भएका कारण यी दुवै खेलाडी अब अक्टोबरमा अस्ट्रेलियाविरुद्ध खेलिने एक दिवसीय सिरिजमा देखिनेछन् ।

दैनिक जागरणको रिपोर्टअनुसार विराट र रोहितलाई टिम म्यानेजमेन्टले आईसीसी एक दिवसीय विश्वकप २०२७ का लागि टिम इन्डियामा समावेश नगरेको उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖