केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रियल ओभिएडोलाई ३-० ले पराजित गरेको छ । लिगमा रियलको यो लगातार दोस्रो जित हो ।
ओऐिएडोको मैदानमा भएको खेलमा एमबाप्पेले ३७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले नै ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।
अघिल्लो खेलमा ओसासुना विरुद्ध निर्णायक गोल गरेका एमबाप्पेले दुई खेलमा तीन गोल गरिसकेका छन् ।
भिनिसियस जुनियरले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।
लगातार दोस्रो जितपछि ६ अंक जोडेको रियल तेस्रो स्थानमा छ ।भियारियाल र बार्सिलोनाले पनि समान ६ अंक नै जोडेका छन् । गोल अन्तरमा भियारियाल पहिलो र बार्सिलोना दोस्रो स्थानमा छ ।
