• Monday 5th of October 2026

कर्णाली यशविसको टिकटक फेसमा ‘मिस पवि’


  • धनकुटा खबर
  • .

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशविसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा शाँकी (मिस पवि)लाई अनुबन्ध गरेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि ‘मिस पवि’लाई कर्णालीले अनुबन्ध गरेको हो ।

कर्णाली यशविसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरिया अनुबन्ध गरिसकेको छ । उनीहरू केही दिनमै नेपाल आउँदै छन् ।

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖