• Monday 5th of October 2026

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदाैं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

 

पहिलो जितसँगै तीन खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका साथ १२औं स्थानमा छ ।

 

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र कप्तान ब्रुनो फर्नान्डेसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बर्नेलीका लागि लाइल फोस्टर र जैडन एन्थोनीले गोल फर्काए ।

 

खेलको २७औं मिनेटमा जोश कुलनबाट आत्मघाती गोल हुनपुग्दा युनाइटेडले अग्रता लिएको थियो । ५५औं मिनेटमा फोस्टरले बर्नेलीका लागि बराबरी गोल फर्काए ।

 

त्यसको दुई मिनेटपछि नै एमबोउमोले गोल गर्दा युनाइटेड २१ ले अगाडि बढ्यो । ६६औं मिनेटमा एन्थोनीले खेललाई २२ को बराबरीमा ल्याए ।

 

इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

 

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖