नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ फुटबल क्लबकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा व्यवसायिक लिगका लागि न्युजिल्यान्ड प्रस्थान गरेकी छिन्।
न्युजिल्यान्डको वेलिंगटन फिनिक्समा नयाँ सिजनका लागि आवद्ध भएकी साम्बा सोमबार राति त्यसतर्फ प्रस्थान गरेकी हुन्।
फिनिक्समा न्युजिल्यान्डको क्लब भएपनि अस्ट्रेलियाको शीर्ष डिभिजन ए लिग खेल्दै आएको छ। साम्बा न्युजिल्यान्डको क्लब फिनिक्समा सन् २०२५–२६ का लागि आवद्ध भएकी हुन्।
यसअघि फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा दुई सिजन बिताएकी साम्बाले अब अस्ट्रेलियाको ए लिग खेल्नेछिन्।
भारतीय महिला लिगको सेथु एफसीमा आवद्ध हुँदै व्यवसायिक लिगमा पाइला राखेकी साम्बाले इजरायलको हापोयल रनानामा आवद्ध हुँदै युरोपियन लिगमा गएकी थिइन्।
भारतीय लिगमा खेल्नुअघि साम्बाले मालदिभ्समा व्यवसायिक फुटसल समेत खेलेकी छन्।
