काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सर्वपक्षीय विमर्श नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइनु सरकारको निरङ्कुश प्रवृत्ति भएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु निरङ्कुश प्रवृत्ति भएको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने बताए ।
