• Monday 5th of October 2026

कृष्णासँग झगडा परेपछि किकुले कपिल शर्माको शो छाड्दैछन् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकप्रिय भारतीय टेलिभिजन कलाकार किकु शारदाले ‘द ग्रेट इन्डियन कपिल शो’ छोड्न लागेको हल्लाले अहिले सामाजिक सञ्जाल तातेको छ। केही दिनअघि सह-कलाकार कृष्णा अभिषेकसँग उनको भएको भनिएको भिडियो झगडापछि यो हल्ला झन् बढेको थियो। तर, यस विषयमा शोकी जज अर्चना पूरण सिंहले सत्यता बाहिर ल्याएकी छन्।

अर्चनाले के भनिन्?

कपिल शर्माको टिम वा निर्माताबाट कुनै आधिकारिक पुष्टि नभएका बेला अर्चना पूरण सिंहले यो हल्लालाई पूर्ण रूपमा गलत भन्दै खारेज गरिदिएकी छन्। उनले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘किकु शो छाड्दै छैनन्। तपाईंले उनलाई आगामी एपिसोडहरूमा पनि देख्नुहुनेछ। उनले आफ्नो अर्को प्रोजेक्ट सुरु गर्नुअघि नै शोको छायाङ्कन पूरा गरिसकेका छन्। किकु ‘द ग्रेट इन्डियन कपिल शो’ को अभिन्न हिस्सा हुन्।’

भाइरल पोस्टमा के थियो?

प्रसिद्ध पापाराजी पेज भाइरल भयानीले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै कपिल शर्माको टिममा ‘खटपट’ देखिएको दाबी गरेका थिए। उनले किकु र कृष्णाबिचको ‘झगडा’ को भिडियो भाइरल भएपछि किकुलाई शोबाट निकालिएको दाबी गरेका थिए।

भाइरल भयानीका अनुसार, किकुले ‘राइज एन्ड फल’ नामक नयाँ रियालिटी शोका लागि सम्झौता गरेका छन्, जुन अमेजन एमएक्स प्लेयरमा प्रसारण हुनेछ। यो शो अश्नीर ग्रोवरले होस्ट गर्नेछन्। अमेजनलाई नेटफ्लिक्सको कडा प्रतिस्पर्धी मानिन्छ, जहाँ कपिलको शो स्ट्रिम हुन्छ।

कृष्णा र किकुको भिडियो विवाद

केही दिनअघि किकु र कृष्णाबीच भएको भनिएको भिडियो झगडा सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा किकुले ‘के म समय बर्बाद गर्दैछु?’ भनी प्रश्न गर्दा कृष्णाले निराश हुँदै जवाफ दिएका थिए।

त्यसपछि किकुले आफूलाई बोलाइएकाले पहिले आफ्नो काम सकाउन दिन अनुरोध गरेका थिए। कृष्णाले त्यसको जवाफमा ‘म तिमीलाई माया गर्छु र सम्मान गर्छु, म ठुलो स्वरमा बोल्न चाहन्न’ भनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖