• Friday 23rd of October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सेना परिचालन


  • धनकुटा खबर
  • .

काठमाडौं । सुरक्षा कारण देखाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । यससँगै विमानस्थल क्षेत्रमा सेना परिचालन गरिएको छ ।

निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थल आसपासका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र घटनाक्रमले हवाइ सुरक्षा चुनौतीपूर्ण बनाएकोले यस्तो गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖