• Friday 23rd of October 2026

ओलीले सेनासंग मद्दत मागे,सेनाप्रमुखले भने पहिला राजीनामा दिनुस्


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री ओलीले मद्दत माग्दा सेना प्रमुखसँग राजीनामा दिनुस् भनेपछि मात्र ओलीले दिए राजीनामा

नेपालमा अहिले गम्भीर राजनीतिक संकट उत्पन्न भएको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलन अहिलेव्यापक जनविद्रोहमा परिणत भएको छ। सरकारका धेरैजसो मन्त्रीहरू र पूर्व प्रधानमन्त्रीहरूको निवासमा आक्रमण भएको छ भने प्रधानमन्त्री र सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सेना प्रमुखसँग संवाद

यस संकटको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सेना प्रमुख अशोक राज सिग्देलसँग सम्पर्क गरेका थिए। उनले देशको अवस्था नियन्त्रणमा ल्याउन र आफूलाई सुरक्षितरूपमा बाहिर जान सहयोग गर्न आग्रह गरेका थिए।

सेना प्रमुखको स्पष्ट सन्देश

सेनाका स्रोतहरूका अनुसार, सेना प्रमुखले ओलीलाई भनेका छन्— स्थिति नियन्त्रण गर्न तपाईंले पहिले पदबाट राजीनामा दिनुपर्छ। सेनाले स्पष्ट रूपमा जनाएको छ कि प्रधानमन्त्रीले सत्ता नछोडेसम्म देशमा शान्ति स्थापना असम्भव छ। यदि ओलीले सत्ता त्यागे, भने सेना स्थिति नियन्त्रणमा लिन तयार छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖