• Friday 23rd of October 2026

हामी सुरक्षित छौँ र मुलुकको सुरक्षाको निमित्त सधैं खट्ने छौं :महेश बस्नेत


  • धनकुटा खबर
  • .

एमाले नेता महेश बस्नेतले पनि एक कविता सेयर गर्दै भनेका छन् –

आँधी र हुरी नचलेको बेला
कायरले पनि बहादुरीका कुरा गर्छ।
तर आँधी–हुरीसँग पौठेजोरी खेल्दै
ठिङ्ग उभिन सक्ने,सतिसाल मात्र हुन्छ।
नेत्रलाल अभागी

आमाबुबा, दाजुभाइ, दिदीबहिनी र पार्टीका साथीहरू,

धैर्य राखौं। संयमित बनौं।
हामी फेरि उठ्नेछौं।

सुरक्षा निकायको निर्देशन पालना गरौं।
एकअर्कामा हातेमालो गरौं।
समस्या परेका साथीलाई नछोडौं।

निजी वा सार्वजनिक सम्पत्ति जल्न नदिऊँ।
लुटपाट र तोडफोडमा लाग्न नदिउँ।
जनजीवनलाई फेरि सही बाटोमा ल्याऔं।

घर जलाइयो, सम्पत्ति नष्ट गरियो।
तर हाम्रो आत्मा, हाम्रो जनताप्रतिको समर्पण
आगोले जलाउन सक्दैन।

साथीहरू, आँधीपछि आकाश अझ नीलो हुन्छ।
आज हामी पीडामा छौँ, तर भोलि हामी सतिसालझैँ अडिग भएर उठ्नेछौं।

हामी सुरक्षित छौँ र मुलुकको सुरक्षाको निमित्त सधैं खट्ने छौं

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖