• Friday 23rd of October 2026

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।

विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।

यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖