काठमाडौं, २५ भदौ । जेन–जी प्रदर्शनकारीहरुले नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद प्रेम आलेको घरमा आगजनी गरेका छन् ।
कोटेश्वरको महादेवस्थानमा रहेको आलेको घरमा हिजो (मंगलबार) जेन–जी प्रदर्शनकारीहरुले आगो लगाइदिएका हुन् । आगजनीबाट घर जलेर ध्वस्त भएको छ ।
गत सोमबारबाट सुरु भएको जेन–जी प्रदर्शनमा प्रहरीले दमन हुँदा २२ जनाको ज्यान गएको थियो ।
जेन–जी प्रदर्शकारीहरुको मृत्युपछि आक्रमक बनेका प्रदर्शनकारीहरुले विभिन्न नेताहरुको घर, सार्वजनिक सम्पत्ति र प्रहरी चौकीहरुमा तोडफोड र आगजनी गरेका छन् ।
