• Friday 23rd of October 2026

चर्चित युट्युबर ध्रुव राठीले फैलाए झलनाथ पत्नी बितेको झुटो अफवाह


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित भारतीय युट्यूवर ध्रुव राठीले पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको झूटो अफवाह फैलाएका छन् । उनले खनालको घरमा आन्दोलनकारीले आगो लगाउँदा चित्रकारको मृत्यु भएको झूट फैलाएका हुन् ।

साथै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सडकमै पिटाइ खाएको समेत बताएका छन् । जब कि पौडेलको सचिवालयले नै यो हल्लालाई असत्य भएको बताइसकेको छ ।

जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । कीर्तिपुर वर्न अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ सुधारोन्मुख रहेको बताइएको छ । तर, तीन करोड सब्सक्राइबर भएको राठीले गलत अफवाह फैलाएका हुन् ।

विशेष गरी भारतीय राजनीतिक र सामाजिक मुद्दामा तीखो विश्लेषण गर्ने राठीका दर्शक नेपालमा पनि बाक्लो संख्यामा छन् । तर, उनले नेपालको पछिल्लो घटनाक्रमबारे भिडिओ बनाउँदा गलत तथ्यहरूको सहारा लिएको देखिन्छ । उनको भिडिओलाई अहिलेसम्म ४० लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖