• Friday 23rd of October 2026

आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूह देखिएका छन् ।

यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । त्यहाँ रहेका हाम्रा सहकर्मीका अनुसार हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।

कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।

जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ ।

कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ ।-नेपाल प्रेसबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖