• Friday 23rd of October 2026

‘संविधान खारेज नगर्ने, संशोधन मात्र’: जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले संविधानको खारेजी आफूहरूको माग नभएको बताएका छन् ।

आफूहरूले संविधान संशोधन मात्र चाहेको उनको भनाइ छ ।

‘संविधान खारेज नगर्ने । त्यसमा कति कानूनको कुरा हुँदो रहेछ, नेशनल सेक्युरिटीको कुरा हुँदो रहेछ,’ त्यसपछि गीत गाउँदै गुरुङले भने, ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे ।’

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान खारेज गरे वैदेशिक हस्तक्षेपको खतरा बढ्ने बताए ।

आफूहरूको पहिलो माग संसद् विघटन भएको उनको भनाइ छ ।

उनले आफूहरू सरकारमा नजाने र बाहिर वाचडगका रूपमा मात्र रहने बताए ।

‘हामीसँग त्यति नलेज छैन, हामी सरकारमा जाँदैनौं । म गएर, मेरो भाइहरू त्यहाँ गएर बस्न सक्दैन । हामी वाचडगको रूपमा बस्नुपर्छ,’ गुरुङले भने, ‘राम्रो मान्छे जानुपर्छ । हरेक काण्डको छानबिन गर्ने, हरेक नेताको घरको पैसा निकाल्ने । त्यो हो हाम्रो एजेन्डा ।’

उनले नेपालकै पहिलो महिला प्रधानमन्त्री बनाएर आफूहरूले इतिहास रच्न लागेको बताए ।

उनले पुराना पार्टीलाई आफूहरूले निषेध नगरेको भन्दै हस्तक्षेप गरेर नेतृत्वमा आउन युवा नेताहरूलाई सुझाव दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖