• Friday 23rd of October 2026

जसको आन्दोलन उही नेता हुनु, उत्खनन किन?– गोकुल बाँस्कोटा


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले जसको आन्दोलन उसैलाई नेता बनाउन जेन–जीलाई सुझाव दिएका छन्। उनले देश प्रयोगशाला बनेको पनि टिप्पणी गरेका छन्।

‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो। किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्यांग्राको शिकार गर्न मुख बाउँछ, जस्को आन्दोलन उही नेता हुनु नि! फेरि उत्खनन किन?,’ उनले भनेका छन्।

जेन–जी आन्दोलन निष्कर्षतिर जान थालेको छ। देशमा अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेका बेला पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाको यस्तो धारणा आएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖