• Friday 23rd of October 2026

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा फिर्ता लिएका छन्।

‘जेनजी’ आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र त्यसपछि आफ्नै घरमा हातहतियारसहित आक्रमण भएको घटनाले आफू विक्षिप्त बनेको उल्लेख गर्दै उनले त्यसबेला सामाजिक सञ्जालमार्फत लेखिएको राजीनामा दबाबकै कारण भएको प्रष्ट पारेका छन्।

‘त्यसबेला जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो। सायद त्यस्तो पोस्ट नगरिएको भए म आज जिउँदो हुने थिइन,’ कडरियाले बिहीबार फेसबुकमार्फत भने, ‘तर प्रष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन।’

उनले घटनाको क्रममा शारीरिक हातपात भएको र आफ्नो हत्या गर्ने प्रयाससमेत भएको दाबी गरेका छन्।
देश गम्भीर परिस्थितिमा रहेको भन्दै अध्यक्ष कडरियाले अहिले आपसी दोषारोपणभन्दा एकताको आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖