• Friday 23rd of October 2026

योगेशले सम्झिए सुवास नेम्वाङ, भने– तपाईंको अभाव सारै खट्कियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव खट्किएको बताएका छन् ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङको अभाव महसुस भएको बताएका हुन् ।

‘सुवास दाइ आजको अवस्थामा तपाईँको अभाव सारै नै खट्कियो । हामी राम्रो गर्ने कोसिस गर्नेछौँ । धेरै श्रद्धा सुमन सुवास दाइ’, भटटराईले लेखेका छन् ।

असहज राजनीतिक अवस्थामा पनि सबैलाई मिलाएर लैजान सक्ने खुबी रहेका नेम्वाङको ७१ वर्षको उमेरमा २०८० भदौ २६ गते निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖