• Friday 23rd of October 2026

प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्रै उपस्थित


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरुमा बाबुराम भट्टराई मात्र पुगेका छन् ।

अन्य पूर्व प्रधानमन्त्रीहरु कोही पनि उपस्थित भएनन् । विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ सहभागी उपस्थित हुने गर्थे ।

निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो । तर आज त्यस्तो भएन । राजनीतिक दलका नेताहरु पनि उपस्थित भएनन् ।

रास्वपा नेता सुमना श्रेष्ठ पनि सपथमा पुगेकी थिइन् । उनले पनि जेनजी युवाहरुसहित प्रधानमन्त्री कार्कीसँग हात उठाएर खुसीयाली मनाएकी थिइन् । सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अ‌ंगालो मारेर बधाई साटासाट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖