• Thursday 22nd of October 2026

नव नियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा


  • धनकुटा खबर
  • .

काठमाडौं। नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा डीएसपी निशान थापालाई खटाइएको छ । आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई पठाउने निर्णय गरेका हुन् ।

जेनजी प्रदर्शनको भावना अनुसार संविधानको धारा ६१ प्रयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीले शितल निवासमा शपथ लिएकी छन् ।

नव नियुक्त प्रधानमन्त्री बालुवाटारमा नै बस्ने भएकी छन् । जेनजी प्रदर्शनको क्रममा प्रधानमन्त्रीको निवासमा आगजनी भएपनि मुख्य निवासमा आगजनी नभएको हुनाले त्यहि बस्न लागिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि भदौ २४ मा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएर बालुवाटार छाडेका थिए । त्यसपछिको नयाँ परिस्थिती अनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी राष्ट्रपतिले कार्कीलाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖