• Thursday 22nd of October 2026

चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशिला कार्की नियुक्ती हुनु भएकोमा बधाई :सुदन किराती


  • धनकुटा खबर
  • .

चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशिला कार्की नियुक्ती हुनु भएकोमा बधाई छ ।

अब जेन-जी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानविन सम्बन्धि उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ ।

साथै यो आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंस बारे छानविन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्छ ।

तर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चार खम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेशी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएकोछ यसलाई तलमाथि नगरियोस् यदी तलमाथि गर्नु भयो भने फेरि परिणाम गम्भिर हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖