काठमाडौ । जेनजी आन्दोलनले अस्वीकार गरेको सन्देशसँगै नेपाली कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी शर्मा ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका माधव नेपालमाथि आफ्नै दोस्रो पुस्ताका नेताहरुले नेतृत्व छाड्न दबाब बढाएका छन्।
आगामी चुनावमा उनीहरुकै नेतृत्वमा पार्टी कमजोर हुने भन्दै नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ।
