• Thursday 22nd of October 2026

भारतीय प्रधानमन्त्री मोदीले तीन भाषामा दिए समकक्षी प्रधानमन्त्री कार्कीलाई बधाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा तीनवटा भाषामा सन्देश पोस्ट शुभकामना व्यक्त गरेका हुन्।

मोदीले नेपाली, अंग्रेजी र हिन्दी भाषामा लगातार तीनवटा ट्वीट गर्दै कार्कीलाई बधाई दिएका छन् ।

नेपालीमा लेखिएको पोस्टमा मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖