• Thursday 22nd of October 2026

गृहमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा पूर्व डिआइजी रमेश खरेल सबैभन्दा अगाडि


  • धनकुटा खबर
  • .

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार विस्तारको तयारी भइरहेका बेला गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा चर्चामा आएको छ।

गृहमन्त्रीको जिम्मेवारीका लागि विभिन्न व्यक्तिहरूको नाम सार्वजनिक रूपमा चर्चा भइरहेका छन्। तर, स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रति स्पष्ट दृष्टिकोण राख्ने पात्रका रूपमा खरेललाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।

प्रहरी सेवामा रहँदा उनले भ्रष्टाचार, आपराधिक गतिविधि र अनियमितताविरुद्ध चालेका कडा कदमहरूका कारण सार्वजनिक रूपमा चर्चा बटुलेका थिए। सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता र नीतिगत प्रतिबद्धता खरेलको विशेषता मानिन्छ।

राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि छलफलमा रहेका छन्। तर हालको सन्दर्भमा खरेलको नाम सबैभन्दा अगाडि रहेको चर्चा तीव्र छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖