जेनजी आन्दोलनका क्रममा सुरक्षा दिने भन्दै नेपाली सेनाको ब्यारेकभित्र रहेका निवर्तमान मन्त्रीहरू घर फर्किन थालेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र दलका शीर्ष नेताहरूलाई सेनाले सुरक्षाका नाममा विभिन्न गणमा राखेको थियो ।
तीमध्ये भैरवनाथ गणमा राखिएका मन्त्रीहरू आजदेखि घर फर्किन थालेका छन् । ब्यारेकमा रहँदा सुरक्षा संवेनदशीलताको नाममा सेनाले मन्त्रीहरूलाई मोबाइल प्रयोगमा समेत रोक लगाएको थियो ।
तर सुशीला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि भने उनीहरूलाई मोबाइल प्रयोग गर्न अनुमति दिइएको थियो ।
