• Thursday 22nd of October 2026

कुन नेताको घरबाट पैसा भेटिएको हो? छानबिन गरेर कानुनी दायरामा ल्याउनुस्:महेश बस्नेत


  • धनकुटा खबर
  • .

नेताहरूको घरबाट प्रशस्त पैसा भेटियो भनेर हल्ला फिजाइएको छ।कुन नेताको घरबाट पैसा भेटिएको हो? छानबिन गरेर कानुनी दायरामा ल्याउनुस्। नेकपा एमालेको नेताको कस कसको घरबाट कति पैसा भेटियो? केपी ओलीको घरबाट पुस्तकालय र सोभिनियर खादा बाहेक के भेटियो?

गोकुल बास्कोटालाई ७० करोड भन्दै घर जलायो। ७० रुपैयाँ निकाल्न सक्यो देखाउन सक्यो?

महेश बस्नेतको घरमा सेफ भेटियो भनेर खुब हल्ला गरेउ! छोरीलाई उपहार दिनको निमित्त उसको मामाले किनिदिएको सेफलाई बाटोमा बजारेर नौटंकी गरेर खाली सेप देखायौ।

झापातिर कुन चाहिँ मेयरकोमा ८० किलो सुन भेटियो भनेर भाग्य न्यौपाने भन्ने एउटा पत्रकारले उचाल्यो! सदनभित्र २२ वटा लास छ भनेर हल्ला गराएर सदन जलाउनुपर्छ भनेर म्यानिपुलेसन गर्ने आगो लाउन उकास्ने व्यक्ति पनि त्यही हो।

हामी सबैका घरहरु र सार्बजनिक सम्पतिहरु जलाउनुपर्छ भनेर अभियान चलाएर मेनुपुलेट गर्ने टंक दाहाल राजिव खत्री भीम उपाध्याय पुष्कर खतिवडा सूत्र टिभी सिधा कुरा Os Tv लगायत (रवि जी का भक्ति गाउने मिडियाहरु) आफ्नो फिल्म चलाउन गीत चलाउन युट्युबबाट र टिकटकबाट ट्याप ट्याप गरेर पैसा कमाउन पल्केका ज्वाला संग्रौला (रवि लामिछानेलाई जेल बाट निकालेर १४ हजार कैदि निकालेर लुटपाट गराउने मुख्य पात्र) लगायत कलाकार र सेलिबेर्टी भनौदाहरु genz लाई उत्तेजनामा ल्याएर हिसाँ र आगजनी गर्न लगाउने मुख्य पात्र हुन यस्ता सबैलाई मसिनो अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्दछ।

केही नेताको घरमा साँच्चै पैसा भेटिएछ कसकसको नेताको घरमा भेटिएको हो उहाँहरुको वारेमा छानबीन गरेर के के कार्बाही गर्ने हो गर्नु! सोलोडोलो सबै नेतालाई एउटै डालोमा हालेर नहेरौं।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖